Email :59
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई एक्लो भएको चिन्ता छाडेर आफ्नो कार्यशैली परिवर्तन गर्न सुझाव दिएका छन्।
पोखरेलले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई आफ्ना चुनावी वाचा र प्रतिबद्धता सम्झन, अपार जनमतको साँचो सम्मान गर्न तथा संसदीय दलको नेता बनाउने आफ्नै दललाई विश्वासमा लिन आग्रह गरेका छन्।
त्यस्तै, प्रधानमन्त्री चुन्ने सार्वभौम संसद्प्रति पूर्ण रूपमा उत्तरदायी बन्न र आफ्ना कमजोरीहरू सहर्ष स्वीकार गर्दै सच्याएर अघि बढ्न पनि उनले सुझाव दिएका छन्।
पोखरेलले अहिलेको कार्यशैलीले प्रधानमन्त्री शाहलाई एक्लो मात्र नभई पूर्ण रूपमा असफल बनाउने निश्चित रहेको टिप्पणी गरेका छन्। उनले समय छँदै प्रधानमन्त्री शाहलाई सचेत र गम्भीर बन्नसमेत आग्रह गरेका छन्।













Comments are closed