Shopping cart

  • Home
  • समाज
  • ईद-उल-फित्रले आपसी सद्भाव र राष्ट्रिय एकता बलियो बनाओस् : माधवकुमार नेपाल
देश

ईद-उल-फित्रले आपसी सद्भाव र राष्ट्रिय एकता बलियो बनाओस् : माधवकुमार नेपाल

Email :116

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ले ईद–उल–फित्र २०८२ को अवसरमा इस्लाम धर्मावलम्बी लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ।

नेता नेपालले एक शुभकामना सन्देश जारी गर्र्द नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको उल्लेख गर्दै धार्मिक सहिष्णुताका दृष्टिले नेपाली समाज उदाहरणीय रहेको बताउनुभएको छ। विभिन्न समुदायका नागरिक आपसी प्रेम, सम्मान र सद्भावका साथ सहअस्तित्वमा बाँच्दै आएको उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँले शन्देशमा भन्नुभएको छ नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो। धार्मिक सहिष्णुताको दृष्टिले हाम्रो समाज उदाहरणीय छ। सबै समुदायका नागरिक आपसी प्रेम र सद्भावका साथ एकअर्कासँग जीवन यापन गर्दै आएका छन्। विभिन्न समुदायका चाडपर्व र धर्म९संस्कृतिले हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाएको छ। म ईद ९ईद९उल९फित्र० ले आपसी सद्भाव, सहिष्णुता र सामाजिक सौहार्द बढाउन योगदान पुर्‍याओस् र प्रगतिशील, समृद्ध समाज निर्माणतर्फ सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।

Comments are closed

Related Post