काठमाडौँ । आज नेवाः दिवस नेवारी समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।
हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवाः दिवस’का रूपमा मनाउने गरिन्छ । यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो । काठमाडौँ उपत्यका मूल थलो भएको नेवार समुदाय एउटा मूल बासी भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि छ । त्यति मात्र हैन, नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवाः समुदायमा नै प्रचलित छन् ।
नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्न हरेक वर्ष मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवाः दिवस’ मनाउन थलिएको हो । आजको दिन वर्ल्ड नेवाः अर्गनाइजेसनले काठमाडौँमा विशेष कार्यक्रम गर्दछ भने विश्वको कुना कन्दरामा बस्ने नेवाः समुदायले विभिन्न कार्यक्रम गरी दिवस मनाउने गर्छन् ।














Comments are closed