Shopping cart

  • Home
  • समाज
  • आज परशुराम जयन्ती मनाइँदै
देश

आज परशुराम जयन्ती मनाइँदै

Email :8

काठमाण्डौ । वैशाख शुक्ल तृतीयाका दिन जन्मनुभएका परशुराम ऋषिको जन्मजयन्ती पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

अष्टचिरञ्जीवीमध्येका एक परशुराम तृतीयाका दिन बेलुकी जन्मिएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । परशुराम भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्मनुभएको हो ।

ऋषि जमदग्नि र रेणुकाका पुत्र परशुरामले पिता जमदग्निको आदेशमा माता रेणुकाको हत्या गरेको समेत ती ग्रन्थमा व्याख्या गरिएको छ । पिता जमदग्निले परशुरामलाई वर माग भनेपछि माता जीवित भएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । आमा मारेको कुरा अरुले थाहा नपाऊन् भनी सो वर मागेको उल्लेख गरिएको छ ।

अष्टचिरञ्जीवीमध्येका एक परशुरामले पिता जमदग्निको हत्या भएपछि २१ पटक ब्रह्माण्ड घुमी विश्वभरका क्षेत्रीको हत्या गर्नुभएको थियो । क्षेत्रीयमा अहङ्कार बढ्न थालेपछि साधुको रक्षा गरी दुर्जनलाई मार्नकै लागि भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्म लिएको वर्णन पनि पौराणिक ग्रन्थमा गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । राजा कार्तवीर्यका सबै छोराको हत्या परशुरामले नै गर्नुभएको थियो भन्ने वर्णन पनि पौराणिक ग्रन्थमा गरिएको छ ।

Comments are closed

Related Post