Shopping cart

  • Home
  • राजनिती
  • अवैध रूपमा बनाइएका घर टहराहरू शुक्रवार साँझ ७ बजेभित्र खाली गर्नु-काठमाडौं प्रशासन
देश

अवैध रूपमा बनाइएका घर टहराहरू शुक्रवार साँझ ७ बजेभित्र खाली गर्नु-काठमाडौं प्रशासन

Email :10

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शनिवार बिहानैदेखि सुकुम्वासी बस्तीका घर टहरा भत्काइने जनाएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा नदी किनारका सार्वजनिक, सरकारी पर्ती जग्गामा भएका घर टहरा खाली गरिने जनाइएको छ । यसका लागि शुक्रवार साँझ ७ बजेसम्म घर टहरा खाली गर्न भनिएको छ ।

‘अवैध रूपमा बनाइएका घर टहराहरू मिति २०८३ वैशाख ११ गते साँझ ७ बजेभित्रमा खाली गर्नुहोला,’ सूचना भनिएको छ ।

घर टहरा खाली नगरिए शनिवार बिहानैदेखि भत्काउने चेतावनी दिइएको छ। ‘मिति २०८३ वैशाख १२ गते बिहान ६ बजेदेखि घर टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गर्ने कार्य हुनेछ,’ जिल्ला प्रशासनले भनेको छ, ‘त्यस कार्यमा कोही कसैले बाधा व्यवधान सिर्जना गर्ने कार्य गरेमा कानुनबमोजिम कडा कारबाही भई जानेछ ।’

Comments are closed

Related Post