Shopping cart

  • Home
  • समाज
  • अम्बिरबाबु गुरुङले एमाले त्यागे, बने नेकपाबाट ओखलढुंगाको उम्मेदवार
देश

अम्बिरबाबु गुरुङले एमाले त्यागे, बने नेकपाबाट ओखलढुंगाको उम्मेदवार

Email :72

ओखलढुंगा । नेकपा एमाले परित्याग गर्दै अम्बिरबाबु गुरुङ नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका छन् ।

एमालेले ओखलढुंगाबाट अस्मिता थापालाई उम्मेदवार बनाएपछि गुरुङ असन्तुष्ट थिए ।

एमालेले लिखु गाउँपालिकाका उपाध्यक्ष रहेकी थापाले आकांक्षासमेत नराखे पनि टिकट दिइएको भन्दै असन्तुष्ट गुरुङलाई पार्टी प्रवेश सँगै नेकपाले उनलाई ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनका लागि टिकट दिएको छ । गरुङले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।

 

गुरुङले यसअघि नेकपा (एमाले) बाट २०७४ मा ओखलढुंगामा निर्वाचित भएका थिए । प्रदेशसभा सदस्य बनेका उनी कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री तथा राज्यमन्त्री समेत रहिसकेका छन् । नेकपाबाट टिकट पाएर उम्मेदवारी दर्ता गराएका गुरुङले एमालेमा राजनैतिक भविष्य नभएको भन्दै नेकपामा प्रवेश गरेको बताए । उनी तारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका छन् ।

 

ओखलढुंगा कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि वामपन्थीहरूले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । गुरुङ पूर्वाधार विकास, सडक, विमानस्थल (जस्तै रुम्जाटार विमानस्थल) सञ्चालन, भ्रष्टाचारविरुद्ध अभियान र क्षेत्रीय विकासमा सक्रिय रहेर परिचित छन् ।

 

उनले वर्तमान परिपेक्षेमा देशका लागि आवश्यक पार्टी नेकपा भएको भन्दै निर्वाचनमा जनताको विश्वास जितेर विकासका कामलाई थप गति दिने बताएका छन् ।

यसअघि नेकपाले रामकुमार कार्कीलाई टिकट दिएको थियो ।

Comments are closed

Related Post