Shopping cart

  • Home
  • समाज
  • अनुमति प्राप्त व्यक्तिबाहेकलाई गाडीमा नचढाउन आयोगको चेतावनी
देश

अनुमति प्राप्त व्यक्तिबाहेकलाई गाडीमा नचढाउन आयोगको चेतावनी

Email :136

काठमाडौं । निर्वाचनको दिन सवारीसाधन दुरुपयोग हुन नदिन निर्वाचन आयोगले कडाइ गर्ने भएको छ। आयोगले फागुन १९ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अनुमति प्राप्त व्यक्तिबाहेक अन्यलाई सवारीसाधनमा ओसारपसार नगर्न स्पष्ट निर्देशन दिएको हो।

आयोगका अनुसार, यसअघि सवारी आवागमन सहजीकरणका लागि सवारी पास आवश्यक नपर्ने गरी छुट दिइएका सवारीसाधनहरूले पनि सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिलाई बोक्न पाउने छैनन्। “छुट प्राप्त सवारीसाधनले सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्नुहोस्,” विज्ञप्तिमा उल्लेख छ।

निर्देशनको उल्लंघन भएमा स्थानीय प्रशासनले त्यस्ता सवारीसाधनको सञ्चालनमै रोक लगाउने आयोगले चेतावनी दिएको छ।

मतदान हुने दिन फागुन २१ गते सवारी सञ्चालनलाई प्रभावकारी, व्यवस्थित र सेवामैत्री बनाउन आयोगले सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि लागू गरेको जनाएको छ। निर्वाचनका क्रममा अनावश्यक भीडभाड, प्रभाव र अवाञ्छित गतिविधि रोक्न यो व्यवस्था गरिएको आयोगको भनाइ छ।

यसैबीच, नेपाल नागरिक उड्डयन प्राधिकरण बाट निषेधित क्षेत्र प्रवेश पास प्राप्त गरेका व्यक्तिहरूलाई घर–कार्यालय आवतजावतका लागि थप सवारी पास आवश्यक नपर्ने व्यवस्था मिलाउन नेपाल सरकारलाई सिफारिस गरिएको पनि आयोगले स्पष्ट पारेको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आयोगले सबै सरोकारवालालाई नियम पालना गर्न आग्रह गरेको छ।

Comments are closed

Related Post