Shopping cart

  • Home
  • राजनिती
  • अछाम-१ मा पूर्वउपप्रधानमन्त्री भीम रावल नेकपाका उम्मेदवार
देश

अछाम-१ मा पूर्वउपप्रधानमन्त्री भीम रावल नेकपाका उम्मेदवार

Email :149

डोटी । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीबाट अछाम निर्वाचन क्षेत्र-१ बाट पूर्वउपप्रधानमन्त्री  भीम रावल चुनाव लड्ने भएका छन् । नेकपा एमालेका पूर्व उपाध्यक्षसमेत रहेका रावल नेकपाबाट चुनाव लड्ने भएका हुन् ।

रावल अछाम निर्वाचन क्षेत्र नं.१ बाट २०५१, २०७० र २०७४ सालमा निर्वाचित भएका थिए । अछाम-१ मा २०६४ सालदेखि कम्युनिस्ट पार्टीले निरन्तर जित्दै आएको छ ।

एमालेबाट निस्कासित भएपछि मातृभूमि अभियान चलाएका रावल केही समयमा नेकपामा समाहित भएका थिए ।

Comments are closed

Related Post