• Home
  • राजनिती
  • माओवादी केन्द्र शंखरापुरले बुझायो मेयर नापितलाई ज्ञापन पत्र।
राजनिती

माओवादी केन्द्र शंखरापुरले बुझायो मेयर नापितलाई ज्ञापन पत्र।

Email :4849

माओवादी केन्द्र शंखरापुरले बुझायो मेयर नापितलाई ज्ञापन पत्र।

 

असार ३ काठमाडौं।
नेकपा माओवादी केन्द्र शंखरापुर नगर कमिटीले शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापितलाई ज्ञापनपत्र बुझाएको छ।नेकपा माओवादी केन्द्र शंखरापुर नगर अध्यक्ष कान्छाराम थिङको अध्यक्षतामा सो ज्ञापनपत्र बुझाईएको माओवादी केन्द्र शंखरापुर नगर इन्चार्ज राजु दंगालले बताउनुभयो। सो अवसरमा माओवादी केन्द्र शंखरापुरले निशुल्क शिक्षा,निशुल्क स्वास्थ बिमा,प्राबिधिक शिक्षा पुर्ण अनुदानमा कम्तिमा २ जना,शंखरापुर नगरपालिकामा क्रीकेट एकेडेमी संचालन लगायत माग गरेको छ।

 

 

त्यसैगरी सो अवसरमा नेकपा माओवादी केन्द्र शंखरापुरले नाङ्लेभारेको सल्ले क्षेत्रमा बिज्ञानपार्क निर्माणका लागि समेत आवश्यक बजेटको व्यवस्थापन गर्न आग्रह गरेको छ।सो कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोगका सदस्य कृष्णराज सुबेदी, प्रदेशका नेताहरु ,जिल्ला कमिटिका नेताहरु,शंखरापुर नगरका नेताकार्यकर्ता लगायतको बाक्लो उपस्थिति रहेको थियो ।


उक्त अबसरमा शंखरापुर नगरपालिका भित्रका किसान,महिला, युवा,स्वास्थ्य स्वयंसेबिका,बिधार्थी लगाएतका मुद्दा उठान गरिएको थियो । ज्ञापनपत्र नेकपा माओबादी केन्द्रका नगर सचिब सुरेन्द्र दहालले बाचन गरेका थिए साथै सो अबसरमा नगर प्रमुख रमेस नापितले शंखरापुर नगरपालिकाको आगामी असार ६ गते हुन गइरहेको नगर शभामा माओबादी केन्द्र शंखरापुरका मागहरुलाइ बिशेष सम्बोधन गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको कुरा सचिब दाहालले बताए ।

Comments are closed

सम्बन्धित समाचार