Shopping cart

  • Home
  • समाज
  • ‘राजनीति होइन, अहिले मान्छे बचाउने बेला हो’-ज्ञानेन्द्र शाही
देश

‘राजनीति होइन, अहिले मान्छे बचाउने बेला हो’-ज्ञानेन्द्र शाही

Email :23

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका सांसद ज्ञानेन्द्रबहादुर शाहीले विपद्को समयमा आरोप–प्रत्यारोप र राजनीतिकरण नगरी उद्धार तथा राहतमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभामा बोल्दै शाहीले राज्यका स्रोत–साधन र आवश्यक उद्धार उपकरण तत्काल परिचालन गर्न तथा स्थानीय तहलाई प्रभावकारी रूपमा परिचालन गर्न माग गरे। आफूहरू सरकारलाई सहयोग गर्न तयार रहेकोसमेत उनले बताए।

उद्धारमा खटिएका सुरक्षाकर्मीको योगदानको प्रशंसा गर्दै शाहीले उनीहरूको तलब वृद्धि गर्नुपर्ने सुझाव दिए। साथै, जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै कार्बन उत्सर्जन घटाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहल गर्नुपर्नेमा जोड दिए।

शाहीले विपद्को समयमा राजनीतिक आरोप–प्रत्यारोपको अर्थ नरहेको भन्दै भने,‘मानिसको श्वास रहेसम्म उद्धारको काम रोक्नु हुँदैन। कुनै दल चाहिँदैन, मान्छे बचाइदिनुहोस्।’

Comments are closed

Related Post