Shopping cart

  • Home
  • स्वास्थ्य
  • रसुवागढी पावरहाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गर्न कुलमान घिसिङको आग्रह
देश

रसुवागढी पावरहाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गर्न कुलमान घिसिङको आग्रह

Email :48

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवागढी जलविद्युत आयोजनाको पावरहाउसमा सम्पर्कविहीन अवस्थामा रहेका कर्मचारीको उद्धारमा ढिलाइ नगर्न सरकारसँग आग्रह गरेका छन्।

घिसिङले सामाजिक सञ्जालमार्फत घटनास्थलको पछिल्लो अवस्थाबारे जानकारी दिँदै सुरक्षा निकायसँग भएको छलफल र उद्धार प्रयासबारे उल्लेख गरेका हुन्।

उनका अनुसार भदौ १४ गते टिमुरे, रसुवागढी टनेल र चिलिमे टनेलको स्थलगत निरीक्षण गरी धुन्चे फर्किएपछि उनले सुरक्षा निकायका अधिकारीहरूसँग उद्धारका विषयमा छलफल गरेका थिए। त्यसको भोलिपल्ट अर्थात् भदौ १५ गते नेपाली सेनाको टोलीले रसुवागढी पावरहाउसतर्फ जाने पहुँच सुरुङभित्र करिब २५० मिटर प्रवेश गरी खोजी गरेको घिसिङले बताएका छन्।

तर सुरुङभित्र कर्मचारी फेला नपरेको जानकारी आएको उनले उल्लेख गरेका छन्। कर्मचारीहरू पावरहाउसको कन्ट्रोल रुममा रहने भएकाले पहुँच सुरुङबाट पावरहाउससम्म पुग्ने वैकल्पिक उपाय अपनाएर उद्धार कार्य अघि बढाउनुपर्ने उनको भनाइ छ।

घिसिङले पावरहाउसमा फसेका कर्मचारीको अवस्थाबारे यथाशीघ्र यकिन गरी उनीहरूको जीवनरक्षाका लागि उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाउन सरकारसँग अपिल गरेका छन्।

Comments are closed

Related Post