Email :50
काठमाडौँ । भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा क्यानडाको क्यालगरीमा निधन भएको छ। लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित धौभडेलको अस्पतालमा उपचार सम्भव नभएपछि छोरी निशाको घरमा निधन भएको हो।
२०५१ माघ १८ गते तत्कालीन एमाले सरकारले उनलाई भारतका लागि राजदूत नियुक्त गरेको थियो। उनले नेपाल-भारत सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेका थिए। अमेरिकाको ओरेगन विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातकोत्तर गरेका धौभडेलको पुर्ख्यौली घर भक्तपुर थियो।














Comments are closed