Shopping cart

  • Home
  • स्वास्थ्य
  • इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी

Email :58

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान ५ बज्नुअघि पूर्वी नुसा तेंगारा प्रान्तको फ्लोरेस क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

भूकम्पको केन्द्र नाजेकेओबाट करिब ३० किलोमिटर टाढा र जमिनको सतहबाट १५ किलोमिटर गहिराइमा रहेको अधिकारीहरूले बताएका छन्।

भूकम्पमा परी अहिलेसम्म एक जनाको मात्रै मृत्यु भएको विवरण प्राप्त भएको बिबिसीले जनाएको छ।

भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ।

त्यहाँका स्थानीयहरुलाई बासिन्दालाई सुरक्षित स्थानतर्फ जान अधिकारीहरूले आदेश दिएका छन्।

Comments are closed

Related Post