सामाजिक सञ्जाल फेसबुकमार्फत उनले श्रेष्ठ पक्राउ खानतलासीको नाममा प्रहरीले गरेका गतिविधि आपत्तिजनक भएको बताएका हुन् । कानुनी राज र प्रेस स्वतन्त्रताको सम्मान हुन नसके मुलुक झन ठूलो समस्यामा फस्ने नेपालको चिन्ता छ ।
‘पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी र खानतलासीको नाममा घरमा गरिएको प्रहरी गतिविधि आपत्तिजनक छ’, उनले लेखेका छन्, ‘कानूनी राज र प्रेस स्वतन्त्रताको सम्मान हुन नसके मुलुक झन् ठूलो समस्यामा फस्नेछ ।’
जनआस्थामा प्रकाशित एक समाचारको विषयलाई लिएर सम्पादक श्रेष्ठलाई प्रहरीले बुधबार बेलुका ललितपुर, कुसुन्तीस्थित निवासबाट नियन्त्रणमा लिएको हो । घर र अफिसमा बारम्बार छापा मारेर तर्साउने प्रयाससमेत भैरहेको छ ।
हतियारधारी फौजले हिजो विहान जनआस्था कार्यालयबाट सञ्चार उपकरणसमेत जफत गरेको थियो । बेलुका घरबाट सिसिटिभीको हार्डडिक्स निकालेर लगेको छ ।















Comments are closed