काठमाडौं। बलिउड अभिनेत्री शिल्पा शेट्टि शुक्रबार नेपाल आइपुगेपछि शनिबार बिहान पशुपति मन्दिर पुगेर दर्शन गरेकी छन्।
उनी इएमएफ एससी ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६ मा विशेष अतिथिका रूपमा सहभागी हुन नेपाल आएकी हुन्।
काठमाडौंमा आइतबारसम्म सञ्चालन हुने उक्त कार्यक्रममा भारतसहित सात देशका ५५५ जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता र विज्ञहरूको सहभागिता रहने आयोजकले जनाएको छ।














Comments are closed