Shopping cart

  • Home
  • समाज
  • सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न देउवाको आग्रह
देश

सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न देउवाको आग्रह

Email :19

काठमाडौँ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न अनुरोध गरेका छन्।

उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएको तनावग्रस्त गतिविधिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। हामी नेपालीहरूको विशेषता भनेको एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु हो,’  ‘म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न हार्दिक अनुरोध गर्दछु।’

विदेशमा रहेका कांग्रेसका पूर्व सभापति देउवाले तराई मधेसमा उत्पन्न गतिविधिपछि यस्तो अनुरोध गरेका हुन्।

देउवाले सुनसरी र सिरहामा प्रहरीको गोली प्रहारबाट मुत्यु भएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। उनले उक्त घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

साथै, हिंसा थप भड्किन नदिन सरकारलाई सबै राजनीतिक दलहरूसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल तथा प्रभावकारी कदम चाल्न देउवाको अनुरोध छ।

Comments are closed

Related Post