Shopping cart

  • Home
  • समाज
  • सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति
अर्थ

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति

Email :3

गोलबजार । सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुधन गुरुङबीच ७ बुँदे सहमति भएको छ ।

परिवारले अघि सारेका पाँचबुँदे मागमा सरकारका तर्फबाट थप दुई बुँदा समावेश गर्दै सातबुँदे सहमति गरिएको हो ।

सहमतिमा घटनाको सत्यतथ्य छानबिन गर्ने, गणेशलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ ।

मृतकका दाइ र बहिनीलाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क शिक्षा प्रदान गर्ने, गणेशको नाममा पार्क निर्माण गर्ने, उनका बुबाआमालाई समेत निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र शव बुझेर शनिबार नै दाहसंस्कार गर्ने सहमति भएको छ । दाहसंस्कारका लागि आवश्यक खर्चसमेत सरकारले उपलब्ध गराउने उनले बताए ।

Comments are closed

Related Post