Shopping cart

  • Home
  • स्वास्थ्य
  • जीवन विज्ञान संस्थापक भानु शर्मा स्टार स्कलर्स नेटवर्कले प्रदान गर्नेइन्टरनेसनल स्टार ह्युमेनिटेरियन अवार्ड २०२६ बाट सम्मानित
अन्तर्राष्ट्रिय

जीवन विज्ञान संस्थापक भानु शर्मा स्टार स्कलर्स नेटवर्कले प्रदान गर्नेइन्टरनेसनल स्टार ह्युमेनिटेरियन अवार्ड २०२६ बाट सम्मानित

Email :68

भर्जिनिया । स्टार स्कलर्स नेटवर्कले जीवन विज्ञानका संस्थापक एवं विश्वप्रसिद्ध आध्यात्मिक सद्गुरु श्री एल पि भानु शर्मालाई ‘ स्टार ह्युमेनिटेरियन अवार्ड २०२६’ बाट सम्मानित गरेको छ । यही जुलाइ ५ मा भर्जिनियामा आयोजना गरिएको एक विशेष समारोहमा सद्गुरु शर्माले यो सम्मान प्राप्त गर्नुभएको हो । सद्गुरु शर्मालाई लि युनिभर्सिटी अन्तर्राष्टिय उच्च शिक्षा निर्देशक डा. रोय वाइ चानले उक्त सम्मानबाट सम्मानित गरे ।

स्टार स्कलर्स नेटवर्कले प्रदान गर्ने विभिन्न अन्तर्राष्ट्रिय सम्मानमध्येमा याे सर्वोच्च सम्मान भएको कुरा स्टार स्कलर्स नेटवर्ककाे वेभसाइटमा उल्लेख छ ।

जीवन विज्ञानका संस्थापक सद्गुरु श्री शर्माले स्वजागरण, सजगता एवं ध्यानका माध्यमबाट विश्व समुदायकाे सुख, शान्ति र समृद्धि, आराेग्य, मानव मर्यादाकाे प्रतिस्थापन तथा व्यक्तिको आन्तरिक रुपान्तरणका लागि निरन्तर रूपमा पुर्याउनुभएको दूरदर्शी नेतृत्वका कारण उहाँलाई याे सम्मान प्रदान गरिएको कुरा स्टार स्कलर्स नेटवर्कका ग्लोवल कनेक्सन अवार्ड अध्यक्ष डा. किथ राइटले समाराेहमा जानकारी गराए । विश्वका मानव समुदायकाे हितमा सक्रिय हुँदै मानवताका क्षेत्रमा निरन्तर क्रियाशील प्रतिष्ठित व्यक्तिकाे छनाैट गरी सन् २०२४ देखि प्रदान गर्न थालिएकाे याे सम्मानबाट सन् २०२४ मा श्रीलंकाली मूलका बेलायत निवासी वैज्ञानिक अनुसन्धाता अर्जुने सेन तथा सन् २०२५ मा विश्वप्रसिद्ध नेत्रराेग विशेषज्ञ डा. सन्दुक रुइत सम्मानित हुनुभएको छ । यस सम्मानको महत्वबारे प्रकाश पार्दै अध्यक्ष डा राइटले सद्गुरू भानु शर्मालाई स्टार ह्युमेनिटेरियन अवार्ड सम्मानका लागि चयन गर्नुका आधार प्रस्तुत गरेका थिए । सद्गुरू भानु शर्मा सम्मानित हुनुभएकाे साे समाराेहमा उहाँकी धर्मपत्नी एवं जीवन विज्ञान गुरूकूल नेपालका संरक्षक देवी शर्मा उपस्थित हुनुभएकाे थियाे ।

साे सम्मान समाराेहमा स्टार स्कलर्स नेटवर्कका अध्यक्ष डा उत्तम गाैली तथा नेटवर्कका प्रतिनिधिहरूका अतिरिक्त अमेरिकाका विभिन्न विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरू, सूचना प्रविधि क्षेत्रका वैज्ञानिक, जीवन विज्ञान अमेरिकाका प्रतिनिधिहरू तथा नेपाली तथा गैरनेपाली मूलका सर्वसाधारणकाे उपस्थिति थियाे । संसारभरिका ११५ देशमा रहेका २३५३ विश्वविद्यिालयका ३३ हजारभन्दा विश्वभरिका अनुसन्धाता, शोधकर्ता, वैज्ञानिक तथा प्राध्यापकहरु यस विश्वव्यापी सञ्जाल (नेटवर्क) मा आवद्ध छन् । स्टार स्कलर्स नेटवर्कले प्रदान गर्ने यो सर्वोच्च पुरस्कार रहेको कुरा स्टार स्कलर्स नेटवर्कले जनाएको छ ।

विश्वका ८० भन्दा बढी मुलुकका नेपाली तथा गैरनेपालीभाषी समुदायबीच विगत १५ वर्षदेखि निरन्तर कार्यरत संस्था जीवन विज्ञान प्रतिष्ठान नेपालले यसका अमेरिका, बेलायत, क्यानडा र कतारमा शाखाहरूका माध्यमबाट विभिन्न मुलुकमा रहेका नेपाली तथा गैरनेपाली भाषी समुदाय तथा व्यक्तिहरूबीच विभिन्न तहका साधना, नेतृत्व विकास, आर्थिक समुन्नतिका सूत्रहरू बारेका सातदिवसीय कार्यक्रम निरन्तर दिइरहेकाे छ । याेग, ध्यानका माध्यमबाट व्यक्तित्व रूपान्तरणका लागि हुने सात दिवसीय गहिरा साधना तथा अभ्यासका कार्यक्रममा जीवन विज्ञानका संस्थापक सद्गुरूद्वय स्वयं उपस्थित हुने गरेकाे कुरा जीवन विज्ञान अमेरिकाले जनाएकाे छ ।

Comments are closed

Related Post