Shopping cart

  • Home
  • राजनिती
  • रास्वपा महाधिवेशनमा प्रतिस्पर्धा तीव्र,९९ सिटका लागि ४ सयभन्दा बढी आकांक्षी
देश

रास्वपा महाधिवेशनमा प्रतिस्पर्धा तीव्र,९९ सिटका लागि ४ सयभन्दा बढी आकांक्षी

Email :10

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ केन्द्रीय समिति चयनका लागि उम्मेद्वारी दिनेहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। ९९ सदस्यीय केन्द्रीय समितिका लागि चार सयभन्दा बढी प्रतिनिधिले उम्मेद्वारी दर्ता गराएको प्रारम्भिक जानकारी सार्वजनिक भएको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार मनोनयन दर्ता प्रक्रिया रातिसम्म जारी रहेकाले उम्मेदवारको यकिन संख्या संकलन गर्ने काम भइरहेको छ। प्रारम्भिक विवरणअनुसार चार सयभन्दा बढीले उम्मेद्वारी दिएका छन्।

उनले उम्मेदवारहरूको पहिलो नामावली बिहान ९ बजे सार्वजनिक गरिने जानकारी दिए। अन्तिम विवरण सार्वजनिक भएपछि उम्मेदवारको आधिकारिक संख्या स्पष्ट हुने आयोगले जनाएको छ।

रास्वपाको महाधिवेशनबाट प्रत्यक्ष रूपमा ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। निर्वाचित सदस्यहरूमध्येबाट पछि पदाधिकारी चयन गरिनेछ। पदाधिकारीको निर्वाचन भने छुट्टै चरणमा सम्पन्न गरिने तयारी छ।

मतदान प्रक्रियालाई छिटो, व्यवस्थित र प्रविधिमैत्री बनाउन विद्युतीय मतदान प्रणाली प्रयोग गरिने भएको छ। देशबाहिर रहेका प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ।

पार्टीका करिब चार हजार प्रतिनिधिले मतदान गर्ने अनुमान गरिएको छ। केन्द्रीय समितिका सीमित सिटका लागि ठूलो संख्यामा उम्मेद्वारी परेपछि महाधिवेशनभित्रको प्रतिस्पर्धा निकै रोचक र पेचिलो बन्ने देखिएको छ।

Comments are closed

Related Post