काठमाडौं । नेपालमा कफी उत्पादन, प्रशोधन तथा उपभोग संस्कृतिको विस्तारसँगै दक्ष जनशक्ति उत्पादनको आवश्यकता बढ्दै गएको छ।
यही आवश्यकतालाई मध्यनजर गर्दै नेपाल हिमालयन अर्गानिक कफी उद्योग प्रा. लि. ले सञ्चालन गरेको “बीन टु ब्रु बरिस्ता तालिम” कार्यक्रमले युवा पुस्तालाई कफी उद्योगसँग जोड्दै रोजगारी र स्वरोजगारीका नयाँ अवसर सिर्जना गरिरहेको छ । नेपालमा कफी खेतीको इतिहास वि.सं. १९९५ तिर गुल्मी जिल्लाबाट सुरु भएको मानिन्छ। आज नेपालका दर्जनौं जिल्लामा अर्गानिक कफी उत्पादन हुँदै आएको छ।
नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो पहिचान बनाइरहेको अवस्थामा दक्ष बरिस्ता, कफी रोष्टर तथा कफी व्यवसायीको माग निरन्तर बढिरहेको छ ।
यसै सन्दर्भमा “बीन टु ब्रु बरिस्ता तालिम” ले कफीको बोटदेखि कपसम्मको सम्पूर्ण प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ। तालिममा सहभागीहरूले कफीको इतिहास, उत्पादन प्रक्रिया, रोस्टिङ, ग्राइन्डिङ, ब्रुइङ, एस्प्रेसो तयारी, दूध फोमिङ, ग्राहक सेवा तथा कफी व्यवसाय सञ्चालन सम्बन्धी सीप हासिल गर्ने अवसर पाउँछन् ।
कार्यक्रम अन्तर्गत एक महिनाको बरिस्ता कोर्स सञ्चालन गरिन्छ भने सहभागीहरूलाई एक हप्ताको इन्टर्नशिप समेत प्रदान गरिन्छ। यसले तालिमार्थीलाई वास्तविक कार्यस्थलमा अनुभव हासिल गर्न सहयोग पु¥याएको छ ।
संस्थाका अनुसार जनवरी २०२६ मा सुरु भएको कार्यक्रमको दोस्रो ब्याचले हालै प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो ब्याच बिहान ७ बजेदेखि ९ बजेसम्म दैनिक दुई घण्टा कक्षामा अध्ययनरत रहेको छ। तालिममा आधुनिक डिजिटल कफी मेसिन, नवीनतम प्रविधि तथा व्यावहारिक अभ्यासलाई विशेष प्राथमिकता दिइएको छ । तालिमका वरिष्ठ प्रशिक्षक श्रीमती अनिता घले कपाली ले कफी उद्योगमा सफल हुन सैद्धान्तिक ज्ञानभन्दा व्यावहारिक सीप महत्वपूर्ण हुने बताउँदै तालिमार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको ज्ञान र अनुभव प्रदान गरिरहेको जानकारी दिनुभयो ।
संस्थाका निर्देशक श्री सान्ता वीर लामा का अनुसार नेपालमा कफी उद्योग तीव्र गतिमा विस्तार भइरहेकाले दक्ष बरिस्ताको माग बढ्दो छ । “हामी युवालाई विदेश जानुभन्दा आफ्नै देशमा सीप सिकेर सम्मानजनक रोजगारी तथा स्वरोजगारीतर्फ उन्मुख गराउने लक्ष्यका साथ काम गरिरहेका छौं,” उहाँले बताउनुभयो । त्यसैगरी प्रबन्ध निर्देशक सुश्री मुना बस्नेत ले तालिमले विशेषगरी युवा तथा महिलाहरूलाई आत्मनिर्भर बनाउन सहयोग पु¥याइरहेको बताउनुभयो। उहाँका अनुसार तालिम पूरा गरेका धेरै सहभागीहरू कफी सप, होटल, रेष्टुरेन्ट तथा विभिन्न आतिथ्य क्षेत्रहरूमा रोजगारी प्राप्त गर्न सफल भएका छन् । काठमाडौ बुढानीलकण्ठ नगरपालिका वडा १० कपन मिलनचोक (जोसेफ हाई स्कूलको अगाडि) अवस्थित तालिम केन्द्रमा सञ्चालन भइरहेको यस कार्यक्रमले नेपालमा विकसित हुँदै गएको कफी संस्कृतिलाई थप मजबुत बनाउनुका साथै दक्ष जनशक्ति उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्र र रोजगारी क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा संचालकले गरेका छन ।
नेपाल हिमालयन अर्गानिक कफी उद्योग प्रा. लि. ले आगामी दिनमा अझ उन्नत तालिम, अन्तर्राष्ट्रियस्तरको बरिस्ता शिक्षा तथा कफी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरी नेपाली कफी क्षेत्रको प्रवद्र्धनमा निरन्तर योगदान गर्ने जनाएको छ । साथै तालिम सम्पन्न गरेकाहरूलाई प्रमाणपत्र वितरण“बीन टु ब्रु बरिस्ता तालिम” सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई संस्थाले औपचारिक रूपमा प्रमाणपत्र वितरण समेत गर्दै आएको छ ।
हालसम्म दोस्रो ब्याचका प्रशिक्षार्थीहरूले तालिम तथा इन्टर्नशिप सफलतापूर्वक पूरा गरी प्रमाणपत्र प्राप्त गरिसकेका छन् । उक्त प्रमाणपत्रले सहभागीहरूको सीप तथा दक्षताको औपचारिक मान्यता प्रदान गर्नुका साथै होटल, रेष्टुरेन्ट, क्याफे तथा आतिथ्य क्षेत्रमा रोजगारी प्राप्त गर्न थप सहज वातावरण सिर्जना गरेको छ । संस्थाका अनुसार प्रमाणपत्र वितरण कार्यक्रममार्फत तालिमा प्रशिक्षक प्रतिक्षयार्थीहरूको सहगातीतामा सम्मान गर्दै उनीहरूलाई व्यावसायिक क्षेत्रमा अगाडि बढ्न प्रेरित गर्ने उद्देश्य राखिएको छ ।
तालिम पूरा गरेका धेरै युवाहरू विभिन्न कफी सप, होटल तथा आतिथ्य सेवासँग सम्बन्धित क्षेत्रमा आबद्ध भइसकेका छन् भने केहीले आफ्नै कफी व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेका छन् । यसरी “बीन टु ब्रु बरिस्ता तालिम” ले केवल सीपमूलक शिक्षा मात्र प्रदान नगरी सहभागीहरुको क्षमता प्रमाणित गर्दै रोजगारी तथा स्वरोजगारीको अवसर विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ














Comments are closed