काठमाण्डौं । द्योला समाज संघको पाँचो अधिवेशन सम्पन्न भएको छ । शनिबार ललितपुर स्थित कुम्भेश्वर टेक्निकल स्कुलमा सम्मन्न संघको अधिवेशनले माइलाबावू द्यौलाको अध्यक्षतामा २१ सदश्यि नयाँ कार्य समिति चयन भएको छ ।
नवगठित समितिका बरिष्ठ उपाध्यक्षमा लक्ष्मिनारायण द्यौला ,उपाध्यक्ष विष्णुमायाँ देउला,महासचिवमा रत्न देउला,सचिवहरुमा सुरेश देउला,सागर देउला र निराजन देउला रहेका छन् । यस्तै संघको कोषाध्यक्षमा सुविन्द्र पुजारी रहेका छन् । समितिको सदस्यहरुमा शान्ति देउला,बसुमायाँ देउला,उशा पुजारी,गंगामायाँ देउला राममायाँ पुजारी ,शेखर देउला,रमेश देउला ,टिका देउला,चक्रबावू पुजारी,रनबहादुर द्यौला, लगायत रहेका छन ।

अधिवेशनको उद्घाटन प्रमुख अतिथि ललितपूर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले गरेकी थिईन भने विशेष अतिथिहरुमा ललितपूर महानगरपालिका वडा न. ११ का अध्यक्ष अरोजकुमार खड्गी, नेवा देय् दवुका महासचिव श्रीकृष्ण महर्जन, मंका खलकाअध्इक्ष रमेशमान पिया,ज्यापू महागुडठी नेपालका प्रथम उपाध्यक्ष मचाराजा महर्जन ,ज्यापू समाज यलका अध्यक्ष शन्तमान महर्जन ,ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनले काठमाण्डौं महानगरपालिकामा द्योला समाको तथ्याङ संकलन गर्ने र द्योला समाजका हक अधिकार र हितका काममा संस्थाले भूमिका खेल्नुपर्ने निर्णय गरेको छ ।
यस्तै ललितपूर महानगरपालिकामा स्थित बडा नं. ११ मा नेपाल भाषा,कला संस्कृति बाँसुरी र धिमेबाजाको प्रशिक्षण कार्यक्रम संचालन गर्ने साथै उपत्यकाका ३ बटै जिल्लाको अधिवेशन निकट भविश्यमा गर्ने साथै संघको युवा र महिला समिति समेत गठन गर्ने निर्णय भएको संस्थाका अध्यक्ष माईलावावू द्यौलाले बताए ।
अधिवेशनले राजनैतिक र आर्थिक प्रतिवेदन पास गर्नुका साथै आगामी वर्षको कार्ययोजना समेत पास गरेको छ ।














Comments are closed