काठमाडौँ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा गोपाल बराइली निर्वाचित भएका छन् ।
मङ्गलबार सम्पन्न सङ्घको दोस्रो महाधिवेशनबाट उहाँको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण दर्नाल, खुला उपाध्यक्षमा विनोद परियार , महिला उपाध्यक्षमा सावित्री रसाइली, कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली, मधेस प्रदेशबाट भोला पासवान र बागमती प्रदेशबाट सुशील दर्नाल निर्वाचित भएका छन् ।
यसैगरी, नरभूपाल विक , मानसिंह विक , टेकेन्द्र रसाइली र प्रेम विक र समावेशी उपाध्यक्षमा भीमबहादुर गन्धर्व निर्वाचित भएका छन् ।
महासचिवमा करन ताम्राकार, सचिवमा चिन्ता परिवार, राजेशकुमार पासवान, सुनिता नेपाली र वसन्त विश्वकर्मा र कोषाध्यक्ष सञ्जय सौगातसहित ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरिएको छ । ४५ सदस्यीय कार्यसमितिमा १० जना पछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष बराइलीले बताए ।














Comments are closed