Email :69
इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा केलाङ (च्याब्रुङ नाच) को संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङले यही जेठ १६ गते माङसेबुङ गाउँपालिका–१ गजुरमुखी इलाममा एक दिने वृहत् केलाङ प्रदर्शन कार्यक्रम आयोजना गर्ने भएको छ ।
माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र किरात याक्थुङ चुम्लुङ माङसेबुङ गाउँ समितिको आयोजनामा हुने केलाङ प्रदर्शनको तयारी तीव्र पारिएको आयोजकका अध्यक्ष मनरस लिम्बू (बिपन) ले जानकारी दिए ।
कार्यक्रममा इलाम र पाँचथरका चुम्लुङकर्मी, लिम्बू अगुवा, कलाकार तथा सांस्कृतिक समूहहरूको सहभागिता रहनेछ । विशेषगरी पाँचथर र इलामका विभिन्न पालिका तथा वडाबाट एक हजार च्याब्रुङ कलाकार सहभागी गराउने तयारी गरिएको छ ।














Comments are closed