Shopping cart

  • Home
  • समाज
  • जेनजीले बहिष्कार गर्यो संविधान संशोधन छलफल
देश

जेनजीले बहिष्कार गर्यो संविधान संशोधन छलफल

Email :105

काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले सरकारले आह्वान गरेको संविधान संशोधन सम्बन्धी छलफललाई बहिष्कार गरेका छन् ।

संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले वैशाख ३० गते पत्र पठाएर उनीहरूलाई संविधान संशोधन विषयक छलफलका लागि बोलाएको थियो ।

उनीहरूले सरकार एकलौटी तथा अपारदर्शी ढङ्गले अघि बढेको भन्दै  छलफलमा सहभागी नहुने घोषणा गरेका हुन् । उनीहरूले आज बोलाइएको छलफलमा सहभागी नहुने घोषणा गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारसँग २०८२ मङ्सिर २४ मा भएको १० बुँदे सम्झौता अझै कार्यान्वयन भएको छैन । जेनजी आन्दोलन छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक र कार्यान्वयन हुन सकेको छैन ।’

 वक्तव्य

 

Comments are closed

Related Post