Shopping cart

  • Home
  • समाज
  • वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै सर्वोच्च अदालतमा रिट
देश

वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै सर्वोच्च अदालतमा रिट

Email :104

काठमाडौं । संवैधानिक परिषदद्वारा चौथो वरीयतामा रहेको न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस प्रथम दृष्टि मै संविधानको आधारभूत परिकल्पना विपरीत रहेको एव यसले न्यायिक स्वतन्त्रतामा गम्भीर हस्तक्षेप हुने जिकिर गर्दै रिट पेस गरेका हुन् ।

त्रिपाठीले न्यायपालिकालाई कार्यपालिकाको मातहतमा ल्याउन खोजेकोले सोलाई बदर गरी पहिलो वरीयतालाई सिफारिस गर्नु भनी परमादेशको माग गर्दै रिट पेस गरेका हुन् ।

संवैधानिक परिषद्‌को हिजो बसेको बैठकले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा न्यायाधीश डा. मनोजकुमार शर्मालाई सिफारिस गरेको थियो ।

Comments are closed

Related Post