Shopping cart

  • Home
  • राजनिती
  • किनारका अनधिकृत बस्ती खाली गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको अल्टिमेटम
मुख्य समाचार

किनारका अनधिकृत बस्ती खाली गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको अल्टिमेटम

Email :58

​काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका विभिन्न नदी किनारमा रहेका अनधिकृत र जोखिमपूर्ण बस्तीलाई खाली गर्न सूचना जारी गरेको छ। मानवीय उद्धार र विपद् जोखिम न्यूनीकरणका लागि बस्ती खाली गराउन लागिएको हो ।
​प्रशासनका अनुसार जिल्ला भरीका यस्ता बस्तीहरू खाली गर्ने कार्य वैशाख १८ गते बिहान ७:०० बजेदेखि एकै पटक सुरु हुने जनाएको छ । यसका लागि स्थानीयलाइ वैशाख १७ गते साँझसम्म अनिवार्य रूपमा घर-टहरा खाली गरिसक्न निर्देशन दिइएको छ।

​​सूचनामा उल्लेख गरिएका मुख्य बुँदाहरू यस प्रकार छन्:​सुरक्षित स्थानान्तरण: परिवारमा रहेका बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती र बालबालिकालाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ।
​सुरक्षा निकायको सहयोग: उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको सहायता लिन सकिनेछ। अस्पताल लैजानुपर्ने व्यक्तिका लागि एम्बुलेन्स समेत तयारी अवस्थामा राखिने प्रशासनले जनाएको छ।
​सामान ढुवानी: व्यक्तिगत मालसामान, लत्ताकपडा र पशुपक्षी बाहिर निकाल्न र ढुवानीका लागि सुरक्षाकर्मीको मद्दत लिन भनिएको छ।

​सरकारको प्रतिबद्धता र चेतावनी
​वास्तविक आश्रयविहीन परिवारका लागि नेपाल सरकारले तत्काल तोकिएको स्थानमा बसोबासको व्यवस्था गर्ने र बालबालिकाको शिक्षाको प्रबन्ध समेत सरकारले गर्ने प्रतिबद्धता जनाएको छ। यद्यपि, नक्कली र अवास्तविक भूमिहीनहरूको पहिचान गरी कानुनी कारबाही गरिने समेत सूचनामा उल्लेख छ।
​प्रशासनले यो सूचनालाई अटेर गरी बसिरहेमा, घर-टहरा भत्किँदा हुने थप क्षतिको जिम्मेवार सम्बन्धित व्यक्ति स्वयं हुनुपर्ने चेतावनी दिएको छ। सरकारी अभियानमा सहयोग पुर्‍याउनु सबैको कर्तव्य भएको स्मरण गराएको छ।

 

Comments are closed

Related Post