Shopping cart

  • Home
  • राजनिती
  • ओलीको सन्देश सुनाउँदै बादलले भनेः एक भएर चुनौती पार गर्नुपर्नेछ
देश

ओलीको सन्देश सुनाउँदै बादलले भनेः एक भएर चुनौती पार गर्नुपर्नेछ

Email :33

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान चुनौतीहरूलाई पार लगाउन पार्टी एकता अपरिहार्य भएको रहेको बताएका छन ।

बुधबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सन्देश पठाउँदै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । अस्वस्थ भएर घरमै आराम गरिरहेका ओलीले आजको कार्यक्रमका लागि सन्देश पठाएका थिए । उनको सन्देश पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पढेर सुनाए ।

‘पार्टीको नेतृत्वमा भएको विभिन्न आन्दोलनले उपलब्धी पनि हासिल गरेको छ । तर पटकपटक पीडा पनि व्यहोरेको छ । निरंकुशताको अन्त्य र गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका खेल्यो पार्टीले,’ ओलीले पठाएको सन्देश सुनाउँदै बादलले भने, ‘मुलुकलाई सुखी नेपाली समृद्ध नेपालको मार्गमा डोर्‍यायो ।

नेकपा एमाले अनेकौं प्रतिकूलता झेलेर यहाँ आएको हो । एकताबद्ध भएर गौरवशाली र ऐतिहासिक चुनौती पार गर्नुपर्नेछ ।’ उनले आजको समयमा चुनौतीलाई पार गर्न पार्टीलाई एकतावद्ध बनाएर जानुपर्ने अवस्था रहेको पनि बताएका छन ।

Comments are closed

Related Post