Email :13
ललितपुर । ललितपुर-ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरिएको छ। वर्षा र सहकालको देवता मानिने मच्छिन्द्रनाथको रथ मंगलबारदेखि तान्न थालिएको हो।
मच्छिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा पुर्याएर विराजमान गराएपछि विधिवत् रूपमा मच्छिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ। पहिलो दिन पुल्चोकबाट रथलाई सांस्कृतिक बाजागाजासहित पाटन गा:बहाल पुर्याइएको छ। साथै, टंगल टोलमा बनाइएको मीननाथको रथ पनि तानेर गा:बहाल पुर्याइनेछ।
पुल्चोकबाट सुरु भएको रथयात्रा लगनखेलहुँदै जावलाखेल पुगेपछि प्रसिद्ध ’भोटो जात्रा’ देखाउने गरिन्छ। जावलाखेलमा भोटो प्रदर्शन गरेपछि यो जात्रा समापन हुनेछ। परम्पराअनुसार मच्छिन्द्रनाथलाई ६ महिना त:बहाल मन्दिर र ६ महिना बुङ्मतीमा राख्ने चलन छ।
















Comments are closed