Shopping cart

  • Home
  • समाज
  • पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
मुख्य समाचार

पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

Email :26

काठमाडौँ । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यस मौसमी प्रणालीका कारण देशका विभिन्न भू-भागमा बदली, वर्षा र हिमपातको स्थिति सिर्जना भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ। सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रका साथै कोशीको तराई भागमा पनि आंशिक बादल लागेको छ।

यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात भइरहेको छ। देशका अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहेको देखिन्छ।

कोशी र गण्डकीका पहाडी र हिमाली क्षेत्रका साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना छ।

यता पहाडमा वर्षाको सम्भावना रहँदा तराई र बेसी क्षेत्रमा भने गर्मीले जनजीवन प्रभावित पार्ने देखिएको छ।

Comments are closed

Related Post