काठमाडौं । चर्चित मोडेल पल शाह र गरिश्मा पौडेलले अभिनय गरेको ‘मायाले जाल हान्यो’ गीत सार्वजनिक हुने भएको छ ।
गायक खेम सेन्चुरी र शान्ता रानी परियारको स्वरमा रहेको प्रेमभावमा आधारित गीत ‘मायाले जाल हान्यो’ वैशाख ७ गते ३ बजे सार्वजनिक हुने भएको बताईएको छ ।
नेत्र अर्यालको शब्द र सुबाश कार्की (कार्की जी) को संगीत संयोजन रहेको उक्त गीतलाई बिक्रम चौहानले निर्देशन गरेका छन्। जसले भिडियोमा आधुनिकता र रोमान्टिक शैलीलाई आकर्षक ढंगले प्रस्तुत गरेका छन्। भिडियोमा कलाकार पल शाह र गरिश्मा पौडेलको बेजोड अभिनय रहेको छ ।
बुद्ध थापा र उनको टिमले छायांकन गरेको म्युजिक भिडियो वान डिबी स्टुडियोमा तयार पारिएको हो । यस गीतका निर्माता अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली युवा विनोद कुँवरको लगानीमा भएको छ । उनले नेपाली संगीत क्षेत्रमा नयाँ स्वाद र स्तरको म्युजिक भिडियो निर्माण गर्ने उद्देश्यसहित यो परियोजनामा लगानी गरेको बताएका छन्।
दर्शक तथा श्रोताले सहजै मन पराउने खालको शब्द-संगीत र दृश्य संरचनाका कारण गीतले राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ। म्युजिक भिडियोमा पल शाह र गरिश्मा पौडेलबीचको रोमान्टिक केमेस्ट्रीलाई मुख्य रूपमा देखाइएको छ। उनीहरूको अभिनय र प्रस्तुति दर्शकका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।
निर्माण टिमका अनुसार ‘मायाले जाल हान्यो’ गीतलाई आधुनिक प्रविधि र आकर्षक दृश्य शैलीमा तयार पारिएको छ। गीत सार्वजनिक भएपछि डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत व्यापक चर्चा पाउने विश्वास गरिएको छ।












Comments are closed