Email :30
काठमाडौँ । अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा आज देशभरि योग अभ्यास गरिएको छ । काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी आरोग्य दिवस मनाइएको छ । योग कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालदेखि सरकारका प्रतिनिधि, राजनीतिज्ञ, कर्मचारी तथा सर्वसाधारणको सहभागिता थियो ।
यो दिवस नेपालको अगुवाइमा यसै वर्षदेखि विश्वका विभिन्न देशमा मनाइँदै छ । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको महासभाले १५ अप्रिललाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो ।
हरेक वर्ष आरोग्य दिवस मनाउन नेपालले गरेको प्रस्तावलाई महासभाले गत २६ फागुनमा अनुमोदन गरेको हो ।














Comments are closed