काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नयाँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद गठन भएयता सरकारले चाल्न लागेको कदमप्रति गम्भीर ध्यानाकर्षण गरेको छ।
नेकपाले शनिबार जारी प्रेस विज्ञप्तिमा भाद्र २३ र २४ गतेका घटनाको छानबिनका लागि गठन गरिएको गाैरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा सरकारले कानुनी प्रक्रिया, विधिको शासन र निष्पक्षताको उल्लङ्घन नगरोस् भन्दै चेतावनी दिएको हाे।
पार्टीका केन्द्रीय कार्यालयका गणेशमान पुनले भनेका छन्, “कुनै पनि कदम चाल्दा राजनीतिक पूर्वाग्रह वा द्वन्द्व सिर्जना हुने कार्य नहोस्।”
यसअघि प्रतिनिधिसभाको निर्वाचनबाट बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी का नेता बालेन प्रधानमन्त्री नियुक्त भएका छन्। नेकपाले नयाँ सरकारले लोकतन्त्र र शान्ति कायम राख्ने आशा व्यक्त गरेको छ।
बहुमत प्राप्त दल, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता श्री बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएका छन्। बालेनको नेतृत्वमा नयाँ मन्त्रिपरिषद गठन भएको छ। यस सन्दर्भमा नेकपाले बालेनको प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद गठनप्रति बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त पनि गरेकाे छ।















Comments are closed