Shopping cart

  • Home
  • समाज
  • वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
अर्थ

वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

Email :80

बनेपा, शुक्रबार साँझ परेको वर्षाका कारण पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार वर्षापछि रोसी खोलामा पानीको बहाव बढ्दा राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरी नायब उपरीक्षक रविन बिष्टले शनिबार बिहान करिब ३ः३० बजेदेखि सडक अवरुद्ध भएको जानकारी दिए ।

उनका अनुसार रोसी खोलामा पानीको बहाव बढ्दा अस्थायी रूपमा निर्माण गरिएको सडकमा पानी पसेर आवागमन ठप्प भएको हो ।

प्रहरीका अनुसार बीपी राजमार्गअन्तर्गत चारसयबेसी, गिम्दी, दाउन्ने र कालढुङ्गा क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

अवरुद्ध सडक खुलाउन सडक डिभिजन भक्तपुर र निर्माण व्यवसायीसँग समन्वय भइरहेको जनाइएको छ ।

गत वर्षको असोज महिनामा आएको बाढीले भकुण्डेबेसीदेखि नेपालथोकसम्मको करिब २८ किलोमिटर सडक खण्डमा ठूलो क्षति पुर्‍याएको थियो ।

Comments are closed

Related Post