Shopping cart

  • Home
  • समाज
  • हिलिहाङ ५ की उत्कृष्ट विद्यार्थी सोनि सुहाङ ल्यापटपसहित सम्मानित
अर्थ

हिलिहाङ ५ की उत्कृष्ट विद्यार्थी सोनि सुहाङ ल्यापटपसहित सम्मानित

Email :37

फिदिम ।  २०८१ सालको SEE परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै हिलिहाङ गाउँपालिका  ५ स्थित निलगिरी माध्यमिक विद्यालयबाट ३.३५ GPA ल्याई सर्वोत्कृष्ट विद्यार्थी बनेकी सोनि सुहाङलाई एक विशेष कार्यक्रमका बीच सम्मान गरिएको छ।

हिलिहाङ ५ नं. वडा कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सोनि सुहाङलाई एक थान ल्यापटप सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरूले उनको मेहनत, लगनशीलता र उपलब्धिको प्रशंसा गर्दै उज्ज्वल भविष्यको कामना व्यक्त गरेका थिए।

कार्यक्रममा हिलिहाङ–५ का स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त सम्मान कार्यक्रम वडा अध्यक्ष बिर्ख बहादुर सुहाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने हिलिहाङ गाउँपालिका अध्यक्ष समर बहादुर अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

वडा कार्यालयले सोनि सुहाङको सम्मानका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै समुदायमा शिक्षाप्रति प्रेरणा जगाउने उद्देश्य राखेको जनाएको छ।

Comments are closed

Related Post