Email :93
काठमाडौं । २२ वर्षीय सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा प्रतिनिधिसभा सांसद बनेकी छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खसआर्य समूहबाट समानुपातिक सांसद बनाएको हो।
जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते प्रहरीको गोली लागेर छोराको मृत्यु भएपछि रचना न्यायका लागि आवाज उठाउँदै सडकमा ओर्लिएकी थिइन्।
उनी भदौ २३ गते गोली चलाउन आदेश दिने प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीदेखि तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत कारबाही हुनुपर्ने माग गर्दै आइरहेकी छन्। उनको मात्र होइन्, सहिद परिवार सबैको माग यही छ।
‘छोरा भ्रष्टाचारको अन्त्य र सुशासन चाहन्थ्यो। म पनि त्यही चाहन्छु। उसको माग पूरा होस् भन्ने नै म राजनीतिमा आउनुको एक मात्र उद्देश्य हो।’ रचनाले भनिन्,














Comments are closed