Shopping cart

  • Home
  • राजनिती
  • निर्वाचन आचारसंहिता आज रातिदेखि लागु नरहने : आयोग
देश

निर्वाचन आचारसंहिता आज रातिदेखि लागु नरहने : आयोग

Email :41

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लागु गरिएकाे आचारसंहिता आज (फागुन २५) रातिदेखि नरहने जनाएको छ ।

गत माघ ११ गते सम्पन्न भएको राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति आचारसंहिता लागु गरेको थियो । आयोगको सोमबार बसेको बैठकले राति १२ बजेदेखि आचारसंहिता लागु नरहने निर्णय गरेको हो ।

“स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम सो निर्वाचन आचारसंहिताको सम्पूर्ण व्यवस्था मिति २०८२।१०।०४ गते राति १२ बजेदेखि अर्को सूचना प्रकाशन नभएसम्म लागु गर्ने निर्णय भएकोमा निर्वाचन आचारसंहिता, २०८२ मिति २०८२।११।२५ गते राति १२ बजेदेखि लागु नरहने व्यहोरा आयोगको मिति २०८२/११/२५ को निर्णयानुसार जानकारी गराइन्छ,” आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Comments are closed

Related Post