Shopping cart

  • Home
  • राजनिती
  • धनुषा-१ मा नेकपाका निर्वाचित उम्मेदवार यादवलाई प्रमाणपत्र नदिएकोप्रति नेकपाकाे आपत्ति
देश

धनुषा-१ मा नेकपाका निर्वाचित उम्मेदवार यादवलाई प्रमाणपत्र नदिएकोप्रति नेकपाकाे आपत्ति

Email :62

काठमाडौं । धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि आफ्नो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसकेको अवस्थामा पनि निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै नेपाली कम्युनिस्ट पार्टीले गम्भीर आपत्ति जनाएको छ।

पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले सोमबार जारी गरेको प्रेस वक्तव्यमा आयोगको यस कदमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन। वक्तव्यअनुसार निर्वाचन आयोगको २०८२ फागुन १८ गते बसेको बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा त्यसपछि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना समेत सकिएको थियो।

आयोगकै निर्देशनअनुसार फागुन २२ गते सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणना सम्पन्न भएको र सो मतपरिणामअनुसार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसकेको पार्टीले जनाएको छ। तर, यस्तो स्पष्ट परिणाम हुँदाहुँदै पनि निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गर्न आलटाल गर्नु तथा निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीतका गतिविधि देखिनु चिन्ताजनक रहेको वक्तव्यमा उल्लेख गरिएको छ।

पार्टीले कानुनअनुसार उम्मेदवारी नै खारेज भइसकेको व्यक्तिसँग सम्बन्धित भन्दै प्रमाणपत्र वितरण नगर्नु कानुनसम्मत नदेखिने पनि जनाएको छ।

नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासनको पालना गर्दै कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गरेको छ। साथै अदालतले पनि कानून र विधिसम्मत ढंगले सही निर्णय गर्ने विश्वास व्यक्त गरेको वक्तव्यमा उल्लेख छ।

null

Comments are closed

Related Post