Shopping cart

  • Home
  • राजनिती
  • कालीकोटमा नेकपाका महेन्द्रबहादुर शाही विजयी
देश

कालीकोटमा नेकपाका महेन्द्रबहादुर शाही विजयी

Email :74

कालीकोट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कालीकोट क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का  महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

४९ वर्षीय शाहीले ११ हजार ३३७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका छन् । विजेता र उपविजेताबीच ९८५ मतको अन्तर रहेको छ ।

यसैगरी नेपाली कांग्रेसका हर्षबहादुर बमले ७ हजार १३२ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खड्गबहादुर विश्वकर्माले ४ हजार ५९९ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले २ हजार ९३७ मत पाएका छन् ।

अन्य उम्मेदवारमध्ये नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर शाहीले ५६६ मत र राष्ट्रिय जनमोर्चाका अजबहादुर गिरीले १६८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार अस्मिनकुमार विष्टले ६४ मत र मानबहादुर तिरुवाले ६ मत प्राप्त गरेका छन् ।

Comments are closed

Related Post