Shopping cart

  • Home
  • समाज
  • प्रारम्भिक मतपरिणाममै रास्वपाको उत्साहजनक लहर
देश

प्रारम्भिक मतपरिणाममै रास्वपाको उत्साहजनक लहर

Email :99

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ ।

निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार शुक्रबार बिहान साढे ७ बजेसम्म हालसम्म देशका ३८ वटा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये ३३ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरुवाती अग्रता बनाएका छन् ।

नेपाली कांग्रेस ३ र नेकपा एमालेका उम्मेदवारले २ स्थानमा अग्रता लिएका छन् । काठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिएका छन् ।

झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपा वरिष्ठ नेता बालेन शाहले भारी मतले पछाडि पारेका छन् । शाहले १४७६ मत ल्याउँदा ओलीले ३८४ मत मात्र पाएका छन् ।

अन्य धेरै निर्वाचन क्षेत्रमा भने मतपेटिका संकलन तथा सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने निर्वाचन कार्यालयहरूले जनाएका छन् ।

Comments are closed

Related Post