काठमाडौँ । समाजलाई सहि दिशामा डो¥याउन बिद्यालय तह बाटनै नैतिक शिक्षाको जरुरी भएको भन्दै नेपाली कम्युनिष्ट पार्टिले विधालय तहमा नैतिक शिक्षा लाई अनिवार्य विषयको रुपमा समावेश गर्ने जनाएको छ ।
नेकपाको चुनावि प्रतिबद्घता अनुसार कक्षा ४–८ मा नैतिक शिक्षा अनिवार्य विषय बनाइनेछ । यति मात्र होइन आगामी पुस्ता एैतिहासीक योगदानको जानकारी होस् र अग्रज प्रति सम्मानभाव जागोस् भनेर माध्यमिक तहमा इतिहास थप गर्ने प्रतिबद्धता जनाएको छ ।
नेकपाले प्राविधिक र सिपमुलक शिक्षा लाई प्राथमिकता दिनेगरी कृषि, पर्यटन, जलविद्युत्, आयुर्वेद, सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता जस्ता रोजगारमुखी विषयलाई विधालय तहबाटै अध्यापन गराउने प्रतिबद्घता गरेको छ । प्रत्येक पालिकामा कम्तीमा एक नमूना आवासीय स्मार्ट विद्यालय सञ्चालन गरी व्यावसायिक-प्राविधिक शिक्षा तथा पढ्दै कमाउने अवसर प्रदान गरिनेछ; यस्ता विद्यालयमा अपाङ्ग, विपन्न तथा सीमान्तकृत विद्यार्थीलाई उच्च प्राथमिकता दिने लक्ष नेकपाले राखेको छ ।
शिक्षा प्रणालीमा सुधार अन्र्तगत प्रतिबद्धतापत्रमा उल्लेख छ “नेपालको शिक्षा प्रणालीलाई गुणस्तरीय, समावेशी, रोजगारमुखी तथा सङ्घीय संरचनासँग सुसंगत बनाउन निम्नानुसार आमूल सुधार गरिनेछ ।” त्यसैगरी संरचनात्मक तथा नीतिगत सुधार अन्र्तगत माध्यमिक तहसम्मको पाठ्यक्रम तथा जनशक्ति व्यवस्थापन सङ्घीय सरकार अन्तर्गत रहने र विद्यालयको भौतिक पूर्वाधार तथा सञ्चालन स्थानीय सरकारले गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।
सङ्घीय शिक्षा ऐन जारी गर्न संसद्को पहिलो बैठकमा संकल्प प्रस्ताव पेश गरी पारित गर्ने नेकपाले जनाएको छ । यस अघि शिक्षकहरुको आन्दोलनमा ऐन जारी होस् भनेर संकल्प प्रस्ताब पेश गरिएको थियो । एक पालिका एक स्मार्ट विद्यालय, निजी शैक्षिक संस्थाहरूको शैक्षिक शुल्कमा अधिकतम सीमा निर्धारण, विपन्न, दलित, आदिवासी जनजाति, अपाङ्ग तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति कोटा तथा आवासको व्यवस्था गरिन नकपाले जनाएकोेछ ।
प्रवासी नेपाली विद्वानहरूलाई नेपालमा सेवा गर्न शोध अनुदान, प्रयोगशाला तथा आवास व्यवस्था, स्वदेशी तथा विदेशी विश्वविद्यालयसँग समन्वय गरी प्राविधिक÷व्यावसायिक धारमा छात्रवृत्ति प्रदान , छात्रवृत्ति प्राप्तकर्ताले अध्ययनपछि कम्तिमा १० वर्ष नेपालमा सेवा नगरे रकम (ब्याज÷हर्जाना सहित) असूल उपर गरिने नेकपाले जनाएको छ ।














Comments are closed