Shopping cart

  • Home
  • राजनिती
  • रौतहट २ मा नेकपाका उम्मेदवार किरण साहको विजय सुनिश्चित भन्दै पार्टी पंक्ति उत्साहित
देश

रौतहट २ मा नेकपाका उम्मेदवार किरण साहको विजय सुनिश्चित भन्दै पार्टी पंक्ति उत्साहित

Email :85

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका रौतहट २ का उम्मेदवार किरण कुमार साहले कृषि, सिँचाई, शिक्षा, स्वास्थ्य, सडक र रोजगारीको विषयलाई प्राथमिकतामा राखी चुनावी अभियानमा खटेका छन् । २०७९ को प्रतिनिधि सभा चुनावमा स्वतन्त्र रुपमा सोही क्षेत्रबाट विजयी भएका उनी त्यस क्षेत्रका लोकप्रिय व्यक्तित्व हुन् । सँगसँगै नेपाली कम्युनिष्ट पार्टीको बलियो उपस्थिति भएसँगै उनको विजय सुनिश्चित भएको भन्दै नेकपा पार्टी पंक्ति उत्साहित देखिएका छन् ।

साहले किसानको मुद्दालाई प्राथमिकताका साथ उठाएका छन् । खेत खलिहानमा स्थायी सिचाईको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । मल, बीउ र प्रविधिमा सहुलियत दिने, किसानका उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने तथा कृषि बजार र भण्डारण केन्द्र स्थापना गर्ने उनले प्रतिबद्धता गरेका छन् ।
त्यस्तै, शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक कामहरु गर्ने उनको भनाई छ । महिलाहरुका लागि प्राविधिक तथा सीपमूलक तालिम केन्द्र स्थापना गर्ने र युवाका लागि स्वरोजगारमुखी कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । स्वास्थ्य चौकीको स्तरोन्नति, एम्बुलेन्स सेवाको विस्तार, पक्की सड़क र नाला निर्माण, बाढी तथा डुबान नियन्त्रणका काम गर्ने तथा बिजुली र सञ्चार सेवा विस्तार गर्ने उनको योजना छ ।

 

साहले सुशासन र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने घोषणा गरेका छन् । उनले आफ्नो क्षेत्रमा धार्मिक तथा सांस्कृतिक स्थल संरक्षण गर्ने, खेलमैदान र युवा क्लबलाई सहयोग गर्ने र लागु औषध दुव्यंसनविरुद्ध अभियान सञ्चालन गर्ने पनि बताएका छन् ।

Comments are closed

Related Post