Shopping cart

  • Home
  • शिक्षा
  • रास्वपा सभापति रवि लामिछानेले पाँच वर्षको स्थायी सरकार दिन गोरखावासीलाई गरे आह्वान
मुख्य समाचार

रास्वपा सभापति रवि लामिछानेले पाँच वर्षको स्थायी सरकार दिन गोरखावासीलाई गरे आह्वान

Email :128

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पार्टी नेतृत्वको सरकार बनेपछि सुशासनको नयाँ जग बसाल्ने बताएका छन्। गोरखा पुगेका सभापति लामिछानेले चुनावी सभालाई सम्बोधन गर्दै पाँच वर्षको स्थायी सरकार दिन आह्वान गरे।

‘कहिलेकाहीँ सुनिन्छ, एउटा भोट समानुपातिकलाई एकातिर, प्रत्यक्षलाई अर्कातिर अथवा आलोपालो भन्ने मैले सुनेको छु। भोट बाँडियो भने सिट बाँडिन्छ। सिट बाँडियो भने रास्वपाले बहुमत ल्याउँदैन। रास्वपाले बहुमत ल्याएन भने सबैभन्दा बढी खुसी यस देशका भ्रष्टाचारीहरू हुनेछन्। तिनलाई खुसी पार्ने होइन, तिनलाई घण्टी बजाउने हो।’

उनले भने, ‘सुधन गुरुङ सदन जाला भनेर भ्रष्टाचारीहरूको अहिलेदेखि नै जिउ कामेको छ, शरीर कामेको छ। तर हामी सुधन गुरुङलाई यसपटक सदन लिएरै जान्छौँ।’

Comments are closed

Related Post