Shopping cart

  • Home
  • राजनिती
  • दाङमा रास्वपाका २५० नेता–कार्यकर्ता नेकपामा प्रवेश
देश

दाङमा रास्वपाका २५० नेता–कार्यकर्ता नेकपामा प्रवेश

Email :95

दाङ । दाङ जिल्लाबाट आज बुधबार मात्रै २५० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताहरूले पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। यो घटनालाई नेकपाले संगठन विस्तार र वैचारिक सुदृढीकरणको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

नवप्रवेशी नेता–कार्यकर्ताहरूलाई नेकपा दाङका नेताहरूले एक कार्यक्रमबीच स्वागत गर्दै पार्टीको झण्डा र अबिर लगाएर औपचारिक रूपमा जिम्मेवारी प्रदान गरेका थिए। स्वागत कार्यक्रममा बोल्दै नेताहरूले देशको वर्तमान राजनीतिक परिस्थितिमा अग्रगामी परिवर्तन, सुशासन र जनमुखी नीतिको पक्षमा उभिन इच्छुक शक्ति एकजुट हुनु सकारात्मक संकेत भएको बताए।

नवप्रवेशीहरूले आफूहरू देश र जनताको पक्षमा स्पष्ट वैचारिक दृष्टिकोण, संगठित संघर्ष र दीर्घकालीन प्रतिबद्धता देखेर नेकपामा आबद्ध भएको बताएका छन्। उनीहरूले जनताको अधिकार, सामाजिक न्याय र राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेकपा दाङले पछिल्लो समय जिल्लाभर संगठन विस्तार अभियान तीव्र बनाएको जनाएको छ। विभिन्न राजनीतिक पृष्ठभूमिबाट आउने कार्यकर्ताहरूको सहभागिताले पार्टी अझ सुदृढ र जनआधारित बन्दै गएको नेताहरूको भनाइ छ।

दाङबाट एकैदिन २५० जना नेता–कार्यकर्ताको प्रवेशलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। नेकपाले यसलाई जनविश्वासको संकेत र आगामी राजनीतिक यात्राका लागि थप ऊर्जा प्रदान गर्ने घटनाका रूपमा व्याख्या गरेको छ। दाङमा नेकपाका उम्मेदवारहरु थप उत्साहित हुँदै गएका छन् ।

Comments are closed

Related Post