Shopping cart

  • Home
  • राजनिती
  • अनुभव, योग्यता र क्षमतामा अब्बल कृष्ण ध्वज खड्काले प्युठानमा फहराउँदैछन् विजयको झण्डा
देश

अनुभव, योग्यता र क्षमतामा अब्बल कृष्ण ध्वज खड्काले प्युठानमा फहराउँदैछन् विजयको झण्डा

Email :69

यस्तो छ उनको सङ्घर्षशील राजनीतिक जीवनको फेहरिस्त

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका प्युठान जिल्लाका उम्मेदवार कृष्ण ध्वज खड्का राजनीतिक अनुभव, योग्यता र क्षमतामा अब्बल देखिएका छन् । हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका उनले भूमिगत राजनीतिक जीवनमा कठोर कष्ट बेहोरेर आएका हुन् । २०७४ सालमा लुम्बिनी प्रदेश सभा सदस्य बनेका उनले प्युठान जिल्लाको विकास, निर्माण र समृद्धिमा पुर्याएको योगदानका कारण उनको जित निश्चित भएको बताइएको छ । ६ भाद्र २०१९ सालमा जन्मिएका खड्काले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् ।

 

यस्तो छ खड्काको राजनीतिक जीवनको उतारचढाव

खड्का विद्यालयमा अध्ययन गर्दा २०२९ सालमा विद्यालयमा भएको युनियनमा सदस्य बनेका थिए । २०३५÷०३६ सालको विद्यार्थी आन्दोलनबाट तत्कालिन विद्यार्थी संगठन अनेरास्ववियूमा आवद्ध भएका उनी २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा सक्रिय भएका थिए । २०४४ सालमा विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रीय सदस्य बनेका खड्का २०५१ सालमा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए । तत्कालिन नेकपा(माओवादी)ले २०५२ सालमा नेकपा सुरु गरेको जनयुद्धमा उनी सक्रियतापूर्वक सहभागी भएका थिए । २०५२ देखि २०५८ सालसम्म नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डको विशेष दुतको रुपमा तत्कालिन राजा लगायतका राजनितिक नेताहरुसँग भेटघाट तथा संवाद गर्न उनको अग्रणी भुमिका रहेको थियो । २०५३ देखि २०५८ सालसम्म राष्ट्रिय जनआन्दोलनको सचिव भई वाम आन्दोलनको नेतृत्व गरेका थिए ।

 

त्यस्तै, २०५४ सालमा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जेलभित्र हुँदा हुँदै पुनः केन्द्रीय अध्यक्षमा निर्वाचित भएका उनी २०५७ सालमा नेकपा (माओवादी) को दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा निर्वाचित भएका थिए । २०५८ सालमा भएको तत्कालिन सरकार र विद्रोही नेकपा (माओवादी) बीच भएको पहिलो वार्ताको संयोजनकर्ता उनी नै थिए । २०६२÷०६३ सालको जनआन्दोलनमा नेतृत्वदायी भूमिकाका साथ आन्दोलनमा सहभागी खड्काले संविधानसभाबाट जनपक्षीय संविधान निर्माणमा अग्रणी भूमिका समेत निर्वाह गरेका थिए । उनले पार्टीको प्युठान जिल्लाको इन्चार्ज, पार्टीका विभिन्न जनवर्गीय संगठनहरु बुद्धिजीवी संगठन, कर्मचारी संगठन, इन्जिनियरिङ संगठन, कानून व्यवसायी संगठन लगायतका संगठन र विभिन्न विभागहरुको प्रयाक्सन इन्चार्जको भूमिका निर्वाह गरिसकेका छन् ।

 

उनी २०७४ सालमा लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनी २०७८ देखि २०७९ सालसम्म लुम्बिनी प्रदेश सरकारको अर्थ तथा सहकारी मन्त्री भई विनियोजित बजेटको सबैभन्दा धेरै बजेट खर्च गरी सफल अर्थ मन्त्रीका रुपमा दर्ज हुन सफल भएका छन् । जसले यस पटकको चुनावमा उनलाई जितका लागि सहज बनाएको छ ।

 

उनले आफ्नो राजनीतिक जीवनमा पटक पटक हिरासत, बेपत्ता र जेल जीवन व्यतित गरेका छन् । योगदान, योग्यता, क्षमता र प्रदेश सभा सदस्य हुँदा उनले प्युठानमा गरेका विकास निर्माण तथा समृद्धिको कामका कारण उनलाई विजय गराउने तयारीमा प्युठानी जनता लागि परेका छन् ।

Comments are closed

Related Post