Email :91
भरतपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट चितवन–३ मा उम्मेदवार बनेका थमन सिंह सुनार (शंकर) र नेकपा (संयुक्त)बाट उम्मेदवार बनेका जितबहादुर सुनार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
नेकपाबाट चितवन–३ मा उम्मेदवार बनेकी रेणु दाहाललाई सघाउन भन्दै उनीहरू पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेशसँगै उनीहरूले आफ्नो उम्मेदवारी पनि निष्क्रिय पारेका छन् । दुवै उम्मेदवारलाई नेकपाकी उम्मेदवार दाहालले पार्टीमा स्वागत गरेकी छिन् ।
यसैबिच, रेणुलाई सघाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १५० बढी कार्यकर्ता सामूहिक रूपमा नेकपा गरेका छन् । आइतबार नेकपाकी उम्मेदवार दाहालले एक कार्यक्रमका बिच उनीहरूलाई सामूहिक स्वागत गरिन् ।














Comments are closed