Shopping cart

  • Home
  • राजनिती
  • रास्वपा नुवाकाेटका नेता थापाले पनि छाडे पार्टी
मुख्य समाचार

रास्वपा नुवाकाेटका नेता थापाले पनि छाडे पार्टी

Email :124

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गर्दै नेतृत्व र संगठनको वर्तमान अवस्थाप्रति गम्भीर प्रश्न उठाएका छन्। शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीबाट अलग भएको औपचारिक घोषणा गरेका हुन्।

 

थापाले पार्टी आफ्नो प्रारम्भिक विचार, सिद्धान्त र मूल्य–मान्यताबाट क्रमशः टाढिँदै गएको आरोप लगाएका छन्। उनले नेतृत्व चयन प्रक्रिया नीतिगत आधारभन्दा पनि व्यक्तिगत प्रभाव र “आशीर्वाद” केन्द्रित हुन थालेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीभित्र संगठन निर्माणमा निरन्तर खटिने कार्यकर्तालाई पाखा लगाएर सीमित समूहलाई प्राथमिकता दिइएको उनको दाबी छ।

 

उनका अनुसार हालको अवस्थामा पार्टी आन्तरिक लोकतन्त्र, पारदर्शिता र सामूहिक निर्णय प्रक्रियाबाट विमुख हुँदै गएको छ। यस्तो परिस्थितिमा पार्टीभित्र रहेर योगदान गर्ने वातावरण नदेखिएकाले बाध्य भएर बर्हिगमनको निर्णय लिनुपरेको उनले स्पष्ट पारेका छन्।

 

थापा २०७९ सालको निर्वाचनपछि रास्वपा नुवाकोट जिल्ला सदस्य तथा बिदुर नगर इन्चार्जको जिम्मेवारीमा सक्रिय थिए। उनी २०७९ सालको आम निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर–२ बाट उम्मेदवारसमेत बनेका थिए। पार्टीका नेता सुमनबिक्रम पाण्डेनिकट मानिने थापाको बर्हिगमनलाई जिल्लाको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

 

उनको बाहिरिनुले नुवाकोटमा पार्टी संगठनभित्र देखिएको असन्तुष्टिलाई थप सतहमा ल्याएको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ। पार्टी नेतृत्वले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।

Comments are closed

Related Post