Shopping cart

  • Home
  • समाज
  • सल्यानमा नेकपाको लहरः अन्य पार्टीका दर्जनौँ कार्यकर्ता पार्टी नेकपा प्रवेश
देश

सल्यानमा नेकपाको लहरः अन्य पार्टीका दर्जनौँ कार्यकर्ता पार्टी नेकपा प्रवेश

Email :89

सल्यान । सल्यान जिल्लामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)प्रति जनआकर्षण तीव्र बन्दै गएको छ। परिवर्तन, स्थिरता र जनमुखी राजनीतिको नारासहित अघि बढिरहेको पार्टीप्रति जिल्लाभर आशा र विश्वास बढ्दै जाँदा पार्टी प्रवेश गर्नेहरुको लर्को लागिरहेको छ।

 

यसैक्रममा सल्यानको त्रिवेणीमा नेकपा एमाले परित्याग गर्दै नेता शेरबहादुर रावत औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ। उहाँलाई पार्टीका नेता प्रकाश ज्वाला लगायत स्थानीय नेताहरूले स्वागत गर्नुभएको थियो।

 

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता रावतले नेपाली कम्युनिष्ट पार्टी नै वास्तविक रूपमा जनताको पक्षमा उभिने, सुशासन र परिवर्तनको एजेण्डा बोकेको सशक्त शक्ति भएको बताउनुभयो। उहाँले विशेष गरी नेता प्रकाश ज्वालाको स्पष्ट दृष्टिकोण, जनसम्पर्क र नेतृत्वदायी भूमिकाबाट प्रभावित भएर पार्टीमा समाहित भएको स्पष्ट पार्नुभयो।

 

उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तारा चुनाव चिन्हमा मतदान गरी प्रत्यक्ष तर्फका उम्मेदवार रमेश मल्ल तथा समानुपातिक तर्फका उम्मेदवार शारदा परियारलाई भारी मतले विजयी गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो। साथै उहाँले सम्पूर्ण सल्यानवासीलाई परिवर्तनको पक्षमा उभिन र नेपाली कम्युनिष्ट पार्टीको अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गर्नुभयो।

 

पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा अन्य राजनीतिक दल परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार यो क्रमले सल्यानमा नेकपाको जनाधार मजबुत बन्दै गएको र आगामी निर्वाचनमा पार्टीको पक्षमा सकारात्मक परिणाम आउने स्पष्ट संकेत गरेको छ।

Comments are closed

Related Post