Shopping cart

  • Home
  • समाज
  • यी ६ प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
देश

यी ६ प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

Email :46

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

हाल कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशका हिमाली भू-भागमा साधरणतया तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम  प्रदेशको पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा तथा बाँकी  पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

तराई भू-भागका थोरै स्थानहरूमा बिहानको समयमा हुस्सु/कुहिरो रहने पूर्वानुमान छ।

राति कोशी र बागमती प्रदेश लगायत बाँकी हिमाली भू-भागमा साधरणतया, मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहनेछ।

 

महाशाखाका अनुसार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ।

Comments are closed

Related Post