Shopping cart

  • Home
  • स्वास्थ्य
  • धनगढीबाट बालेनले भने- भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको
देश

धनगढीबाट बालेनले भने- भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको

Email :75

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताएका छन् । बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सु-नजिक प्रदेश बनाउनुपर्ने बताए । ‘सुदूरपश्चिमलाई सु-नजिक प्रदेश बनाउनुपर्‍यो ।

 

शाहले आँखाबाट चस्मा खोल्दै आफ्नो आँखा नभई काम हेर्न पनि सबैलाई आग्रह गरे ।

उनले भने,‘तपाईंहरूलाई यहाँ आएर भेट्न पाइयो । धेरै खुसी लाग्यो । म धेरै बोल्ने मान्छे होइन । राष्ट्रिय स्वतन्त्र पार्टी तपाईहरुसँग भोट माग्न आएको होइन, काम माग्न हो । काम दिनुस् है । तपाईंहरुले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ । काम माग्न आएको हो । के के काम छ, हाम्रा उम्मेदवारहरूलाई हाम्रा पार्टीका मान्छेहरूलाई हाम्रो काम यो हो भनेर लिष्ट दिनु । भोट नदिएपनि हुन्छ बरु, कामको लिष्ट दिनू । काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले । आँखा हेर्नु पर्दैन काम हेरे हुन्छ, हामी काम गरेर देखाउँछौं ।’

वरिष्ठ नेता शाहले गरिबको पक्षमा आफूहरुले काम गर्ने समेत बताए ।

Comments are closed

Related Post