Shopping cart

  • Home
  • राजनिती
  • आज नेपाली कम्युनिष्ट पार्टीको विशेष पत्रकार सम्मेलन हुँदै
देश

आज नेपाली कम्युनिष्ट पार्टीको विशेष पत्रकार सम्मेलन हुँदै

Email :57

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले  मंगलबार विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।  साेमबार साँझ जारी गरेको सूचनाअनुसार उक्त पत्रकार सम्मेलन मिति २०८२ साल फागुन ५ गते दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने जनाएको छ।

पार्टीले पत्रकार सम्मेलनमार्फत समसामयिक राजनीतिक विषयवस्तु तथा पार्टीका धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । सम्मेलनमा देशभरका सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई उपस्थित भई समाचार संकलन तथा सम्प्रेषण गर्न अनुरोध गरिएको छ ।

पत्रकार सम्मेलनमा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहने जनाइएको छ । उक्त कार्यक्रमलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ ।

Comments are closed

Related Post